काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन दिन सेयर बजार १५.६१ अंकले घटेको हो ।
आज नेप्से परिसुचक १९५०.३७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।
उक्त दिन १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १५:०३ मा प्रकाशित