काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र सिद्धार्थ इन्स्योरेन्सको कारोबार खुल्ला भएको छ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि यि दुई कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए। एनसीसी बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जरमा हुँदै छन् भने सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै कम्पनीको शेयर रोक्का गरिदिएको थियो ।
एनसीसी बैंक र सिद्धार्थ इन्स्योरेन्सको मंसिर ८ गतेको पत्रानुसार नेप्सेले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको नेप्सेले जनाएको छ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५ मा प्रकाशित