काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन गरेको छ ।
बैंकको १३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ४७७ रूपैयाँ ७९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५३९ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४ मा प्रकाशित