back
NMB ad

आज १३ मंसिर २०७९ मंगलबार, थाहा पाउनुहोस् आजको राशिफल

Kumari bank ad

आजको पात्रो : १३ मंसिर २०७९, मंगलबार । तद्नुसार नोभेम्बर महिनाको २९ तारिक २०२२ । मार्गशुक्लपक्ष षष्ठी, तैतिल करण, श्रवण नक्षत्र, ध्रुव योग, चन्द्रमा मकर राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ०६ः३५ र सूर्यास्त ०५ः०८ मा हुनेछ । आजका देवता भूमि र ग्रहदेव केतु हुन् ।

मंगलबार सकेसम्म कर्जा र ऋण नलिनु उत्तम हुनेछ । आजको दिन गणेश र हुनमानको आरधना गर्दा उत्तम हुनेछ । अचल सम्पत्तिको कारोबार नगर्नुहोला । रक्तदानका लागि मंगलबार दिन शुभ मानिन्छ । आज शिवालय यात्रा गर्नुभयो भने गणेश र हनुमान र नवग्रहको दर्शन गर्नु पर्दछ । आज विहान ११ः३२ देखि १२ः१४ सम्म अभिजित मुहूर्त रहेको छ । यो आजको सबैभन्दा शुभ समय हो ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । अनावश्यक सामान खरिद नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ । कुनै नयाँ अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशा फर्केर यात्रा शरुवात गर्नुहोला । आम्दानीको स्रोत बढ्ने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । आज मिथुन राशिका जातकले नयाँ काम गर्न सक्नुहुनेछ । यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई दुःख र धोका हुनसक्छ । आजको दिन विहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईलाई उर्जा मिल्नेछ । आजको दिन मौन रहदा उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । चन्द्रमाको साथ रहेको छ तपाईले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । आजको दिन सकारात्मक सोच राख्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ ।  आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ । सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । आर्थिक कारोबार गर्दा निकै सोच विचार पुर्याउनु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ । चन्द्रमाको साथ रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएमा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ । मीन राशिका जातकका लागि आजको दिन नयाँ काम शुरुवातको लागि उत्तम रहेको छ ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०६:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...