back
NMB ad

लगानी गर्ने होइन त ? फेरि आउँदैछ दुई कम्पनीको आईपीओ, कुनको कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । बजारमा दुई कम्पनीको आईपीओ निष्काशन हँदैछ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र सुपरमादी हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेका हुन् ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेड

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्काशन गरी ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिमको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो ।

सुपर मादी हाइड्रोपावर लिमिटेड

सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेबाट साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं। १ र २ का स्थानीय बासिन्दाहरूको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं। २६, २७ र २८ का स्थानीय बासिन्दाहरूको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गर्न लागेको हो।

त्यस्तै कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूले पुस ५ गतेसम्म सो सेयरका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुस २० गते सम्म लम्बिनेछ। सो सेयरमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारमा रहेकाहरूले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। यो सेयरमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिमको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड हो ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०७:५७ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...