back
NMB ad

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत

Kumari bank ad

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत भएको छ ।

यी दुवै बैंकको संचालक समितीको मंसिर १३ गते बसेको बैंठकले एक आपसमा गाभ्ने गाभिने प्रकृयाका क्रममा पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको हो ।

यी दुबै बैंक १००ः ९० को अनुपातमा मर्ज हुन लागेको छ । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छन् ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । बैंक संचालक समितिको अध्यक्षको रुपमा भने पृथ्वी बहादुर पाँडे रहेछन्।

यस्तै, बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने ज्योति प्रकाशन पाण्डे रहने सहमति भएको छ । मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पुँजी रुपैयाँ अर्ब रुपैयाँ पुग्नेछ । जुन सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक बन्नेछ ।

जगेडा कोष २२ अर्ब ३५ करोड २२ लाख ६ हजार र खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् । मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्ने छ ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...