back

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक-एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गर्नुभएको छ ।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकवीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने एभरेष्ट बैंक मार्फत बिभिन्न ब्यापार—ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१२ मा प्रकाशित

You can share this post!

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७९ माघ २२ आइतवार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र...

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

झिनो अंकले बढ्यो सेयर बजार, ८ वटा उपसूचकमा हरियाली छाउँदा १ अर्ब ९३ करोडको कारोबार

वि.सं.२०७९ माघ २२ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

न्यादी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

न्यादी हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

वि.सं.२०७९ माघ २२ आइतवार १४:५१

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा बोलाएको...

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

वि.सं.२०७९ माघ २२ आइतवार १२:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार...

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

ग्लोबल आईएमई बैंकका यी शाखा कार्यालय गाभिने, हेर्नुहोस्, कुन–कुन शाखा गाभिदै ?

वि.सं.२०७९ माघ २२ आइतवार ११:४९

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच...

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

राष्ट्र बैंकले गर्यो सुपर लघुवित्तको संचालक समिति निलम्बन (सूचनासहित)

वि.सं.२०७९ माघ २२ आइतवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था...