काठमाडौं । आज सेयर बजारमा झिनो अंकले बढेको छ । उक्त दिन सेयर बजार २.९९ अंकले बढेको हो ।
मंगलबार नेप्से परिसुचक १९५३.३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको छ ।
उक्त दिन ९५ करोड ७० लाख ६० हजार बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:०४ मा प्रकाशित