back
NMB ad

माया खोला हाइड्रोपावरले आइपीओ बिक्री गर्ने, क-कसले पाउँछ भर्न ?

Kumari bank ad

काठमाडौं । माया खोला हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले मंसिर २३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो । जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालिका वडा नं। ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं। ४ र ६ का स्थानीयले ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयले ४ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यता, सर्वसाधारणमा निष्कासन हुने २४ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

दुवै समूहका आवेदकहरुले पुस ८ गतेसम्म आइपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस २४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ ।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आयोजना प्रभावितले बिक्री प्रबन्धक र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै, संखुवासभास्थित प्राइम बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...