back
NMB ad

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

Kumari bank ad

काठमाडौं । काठमाडौंमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको हो ।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । साथै उहाँले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याउनुभयो ।

कार्यक्रमका अर्का अतीथि नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाई आदनप्रदान सँगै भावी कार्ययोजना निर्माणका लागि दिशानिर्देश गर्ने बताउँदै आयोजकलाई धन्यवाद प्रकट गर्नुभयो । साथै उहाँले यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको र ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको सम्मेलन आयोजक समितिका सचिव डा. परमेन्द्र प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

वि.सं.२०७९ मंसिर १४ बुधवार १३:३७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...