
काठमाडौं । आज सेयर बजारमा गिरावट आएको छ । उक्त दिन सेयर बजार ३.५१ अंकले घटेको हो ।
बुधबार नेप्से परिसुचक १९५९.८५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको छ ।
उक्त दिन ८४ करोड २६ लाख ९५ हजार बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन नेप्सेमा रहेको १३ उपसूचक मध्ये ११ उपसूचक राताम्मै भएको छ ।
वि.सं.२०७९ मंसिर १४ बुधवार १५:०६ मा प्रकाशित