काठमाडौं । आज सुनको भाउमा बढोत्तरी आएको छ । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयांले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँ, तेजावी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ४० रुपैंयाले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार १०:४८ मा प्रकाशित