back
NMB ad

सहकारीलाई सुधार गर्न आन्तरिक व्यवस्थापन र सुशासनमा ध्यान दिनुपर्छ

Kumari bank ad

रोहन जि.सी,दमौली । सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणममा थप योगदान गर्ने बनाउनका लागि सहकारी संस्था सञ्चालनमा आन्तरिक व्यवस्थापन र सुशासनलाई सुधार गर्नु पर्नेमा जोड दिइएको छ ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखरा र राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले बुधवार दमौलीमा आयोजना गरेको सहकारीका समसामयिक विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

पछिल्लो समय केही सहकारीहरुमा देखिएको वित्तीय समस्यालाई लिएर आम समुदायमा सहकारीलाई हेर्ने दृष्टिकोणमा अन्योलता आएको चर्चा गर्दै सहभागीहरुले सहकारी संघ संस्थाहरुले सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्दै सदस्यहरुलाई सहकारीका बारेमा यथार्थ जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।

सबै सहकारीमा समस्या देखिएको होइन, कतिपय सहकारीहरुले सुशासनमा सहकारी नचलाएका कारण सबै सहकारी उस्तै हुन भन्ने परेको छ, कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भन्नुभयो–सहकारीमा देखिएका समस्यालाई समाधान गर्न सबै सरोकारवालाहरुले एकतावद्ध भएर प्रयास गर्नु पर्दछ ।

सहकारीमार्फत समुदायमा धेरै काम भएका छन्, सबैको साथ र सहयोग भयो भने अझै धेरै गर्न सकिन्छ, तर केही सहकारीहरुमा देखिएका समस्याका कारण राम्रा सहकारीहरुलाई समेत समस्या देखिन थालेकोले बेलैमा सचेत भएर समस्या समाधानमा लाग्नु पर्ने न्यौपानेको भनाइ छ ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रमेश घर्तिले सहकारीहरुलाई सुशासनयुक्त र पारदर्शी रुपमा सञ्चालनका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सहकारी ऐन नियम र संस्थाले बनाएको विनियम अनुसा नचलेका सहकारीहरुलाई नियममा बसेर सञ्चालन गर्न आग्रह गर्नु भयो । नियमनकारी निकायले केही गर्दैन भनेर सहकारीलाई आफुखुशी सञ्चालन गर्नेहरुको पहिचान गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको भन्दै उहाँले जे गरे पनि केही हुदैन भन्ने मानसिकता त्यागेर नियम अनुसार संस्था सञ्चालन नगर्नेलाई कार्वाहीको दायरामा ल्याइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकका बारेमा र प्रदेश रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी कानुन, समसामयिक अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, वचत तथा ऋण सहकारी संघका महासचिव प्रदिप अधिकारी, जिल्ला कृषि सहकारी संघका निवर्तमान अध्यक्ष रामजी प्रसाद लौडारी लगायतले सहकारीमा देखिएका समस्या र समाधानका उपायका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रम प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रमेश घर्तिको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...