back
NMB ad

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

Kumari bank ad

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्घेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्येश्यलाई सघाउ पुर्याउन यो योजना ल्याएको जनाएको हो ।

क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभन्वित हुन सक्नेछन् ।

यस योजनामा देश वा विदेशमा रहनुहुने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन एप्लाई गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नुहुनेछ ।

व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाइसी छनौट गरी आफू अनुकूल समयमा एप्वइन्टमेन्ट लिई सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाताको विशेषताहरुः
१. यो योजनामा १ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गरिनेछ ।
२. श्रमिक हितग्राही संगै निजका परिवारजनलाई समेत १ वर्ष निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिने
३. भिडियो केवाइसि मार्फत तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सकिने ।
४. डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ ।
५. लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा ५० प्रतिशत छुट ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...