back

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

Kumari bank ad

काठमाडौं । अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) ले सरकार विरुद्ध पहिलो चरणको सडक आन्दोलन घोषणा गरेको छ । विगत ९ महिनादेखि सरकारले सवारीसाधनमा लगाएको आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले विभिन्न माग राख्दै घोषणा गरेको हो ।

नाडाका अध्यक्ष ध्रुव थापाले आयात प्रतिबन्धको कारण ५८ ओटा डिलर बन्द भइसकेको छ भने अन्य १०० भन्दा बढी बन्द हुने अवस्थामा रहेको जानकारी दिए ।

प्रत्यक्ष राजस्वमा २१ प्रतिशत योगदान, लाखौंलाई रोजगारी दिएको क्षेत्रलाई उपेक्षा गरिएको भन्दै नाडाका अध्यक्ष थापाले गाडीहरू फाइनान्स नै नहुने अवस्था रहेको जानकारी गराए ।

सवारी आयातमा ५० प्रतिशत र पार्टसमा १०० प्रतिशत मार्जिन राख्नु परेको उनको भनाइ छ । ३० प्रतिशत अटोमोबाइल कर्मचारी कटौती गरिसकेको उनले जानकारी गराए ।

सरकारकै कारण व्यवसायी आन्दोलनमा जानु परेको नाडाले जनाएको छ । नाडाले आगामी २२ गतेसम्मका लागि पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । त्यस्तै दोस्रो चरणमा भने सर्भिस समेत बन्द गर्ने नाडाले जनाएको छ ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:५३ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...