back

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ घर भई हाल काठमाडौं बस्दै आएका ५३ वर्षीय नारायण सिंह बराललाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको गत भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले बराललाई बिहीबार डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ ।

बरालले २०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा  रकम नभएको थाह हुँदा पनि जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४ मा प्रकाशित

You can share this post!

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

सेयर बजारमा झिनो अंकको सुधार, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा झिनो अंकको सुधार, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०७९ माघ २३ सोमवार १५:०६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा  मोन्टी देसाई नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा  मोन्टी देसाई नियुक्त

वि.सं.२०७९ माघ २३ सोमवार १४:३०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  नेपाली राष्ट्रिय क्रिकेट...

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ

वि.सं.२०७९ माघ २३ सोमवार १३:४४

हेमन्त केसी, सुर्खेत ।  हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी...

सनराइज बैंकले शेयरधनीहरुलाई गर्यो यस्तो आग्रह

सनराइज बैंकले शेयरधनीहरुलाई गर्यो यस्तो आग्रह

वि.सं.२०७९ माघ २३ सोमवार १३:१४

काठमाडौं । सनराइज बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांश बुझिलिन...

ग्राहकहरुको खाता नम्बर परिवर्तन सम्बन्धि मेगा बैंकले निकाल्यो यस्तो सूचना

ग्राहकहरुको खाता नम्बर परिवर्तन सम्बन्धि मेगा बैंकले निकाल्यो यस्तो सूचना

वि.सं.२०७९ माघ २३ सोमवार १३:०१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक...