काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सानिमा लाईफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
सानिमा लाईफ इन्स्योरेन्सको ४.२० प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता र एशियन लाईफ इन्स्योरेन्सको १४.५० प्रतिशत बराबरको ३६ लाख ८२ हजार ७६१ कित्ता गरी जम्मा ४५ लाख २२ हजार ७६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५ मा प्रकाशित