back
NMB ad

आज १७ मंसिर २०७९ शनिबार, यस्तो छ आजको राशिफल

Kumari bank ad

आजको पात्रो : १७ मंसिर २०७९, शनिबार । तद्नुसार डिसेम्बर महिनाको ३ तारिख २०२२ । मार्गशुक्लपक्ष दशमी तिथि, उत्तरभाद्रपदा नक्षत्र, वणिज करण, व्यतिपात योग, चन्द्रमा मीन राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः३९ मा हुनेछ भने सूर्यास्त ०५ः०८ मा हुनेछ । आज शनिबार भएकाले पिपलको वृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ । शनिदेवको उपासना गर्नु, आजबाट पञ्चक समाप्त भएको छ । शनिबार फलामको सामान खरिद गरेर दान गर्नु उत्तम हुनेछ । आज बिहान ११ः ३३ देखि १२ः १५ सम्मको समय उत्तम रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । शनिबार यात्रा गर्नु यति राम्रो मानिदैन ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आज व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवारका सदस्यबाट साथ सहयोग पाउने सम्भावना रहेको छ । तपाईको कार्ययोजना सफलताका लागि आफन्तजनको सहयोगबाट शुभ कार्य हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्वदिशा तर्फ यात्रा नगर्नु होला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ । व्यापाबाट फाइदा पुग्ने छ । तपाई सकारात्मक भएर आफ्नो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले तपाईमाथि स्नेह गर्नेछन् । परिवारका सदस्यबीच आपसमा सद्भाव हुने कार्य गर्नुहोला । आज बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । तपाईको शुभ दिन रहेको छ । आज एकादशी समेत भएकाले व्रत बस्नुभयो भने मनमा प्रसन्नता छाउने छ । सामाजिक सेवाको काम गर्दा तपाईको लागि मानसम्मान समेत मिल्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । शनिवार गृहस्थ कर्ममा समय दिनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भए पनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले मनमा प्रशसन्नता छाउने छ । आजको दिन व्रत र मौन रहनु निकै लाभदायक हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । आज जेष्ठ सदस्यबाट आशीर्वाद प्राप्त गर्नु उत्तम हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
यात्राको अवसर आएपनि यात्रा गर्दा सोच विचार राख्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन अध्यात्म साधना र आरधनाले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने आशीर्वाद मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । कामको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादका लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सिर्जनात्मक कार्यसूची बनाउनु उत्तम हुनेछ । चन्द्रमाको साथ रहेका छ ।

वि.सं.२०७९ मंसिर १७ शनिवार ०६:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...