back
NMB ad

नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा आज आईतबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभामा अध्यक्षले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताउनु भयो । नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७/०७८ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गर्नु भयो । लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी ब्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ बृद्धि हुने विश्वास ब्यक्त गर्नु भयो ।

आ.व.२०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाईलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न ३ वर्षको लागि वित्तिय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

३४ औं वार्षिक साधारण सभाले आ.व. २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,१८,५६,५१२/- नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले यहि २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी रु.४,६४,०४,३१,८७५/- पुगेको छ र वाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु भयो ।

वि.सं.२०७९ मंसिर १८ आइतवार १४:२७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...