back
NMB ad

खोटाङको माटोमा देखियो अधिक अम्लीयपन

Kumari bank ad

खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटोमा अम्लीयपन अधिक देखिएको छ । नवौं विश्व माटो दिवसको अवसरमा सोमबार दिक्तेलमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जय पण्डितले १७ र १८ मंसिरमा डिजिटल स्वाइल ल्यावबाट गरिएको परिक्षणका क्रममा माटोमा अम्लीय र क्षरीयपनको मात्रा अधिक देखिएको जानकारी दिएका हुन् । माटोको ३० वटा नमूना परीक्षण गर्दा १५ अम्लीय, १२ क्षारिय र ३ वटा तटस्थ नमूना पाइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा किट बक्सबाट माटो परीक्षण गर्दा पनि नगरपालिकाको माटोमा अम्लीय र क्षारीयपनको मात्रा अधिक देखिएको जनाइएको छ । ५१ वटा नमूना परीक्षण गर्दा १३ अम्लीय र ३८ क्षारीयको नमूना फेला परेको हो । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रसार अधिकृत पण्डितले कार्यपत्रमा उल्लेख गरेका छन् ।

विग्रदै गएको माटोको स्वास्थ्य सुधारका लागि प्रांगारिक पदार्थको व्यवस्थापन, बाली चक्रमा कोशेबालीको समावेश, मिश्रित बाली, अन्तर बाली र बहुबाली प्रणालीलाई अलवम्बन गर्ने, एकीकृत खाद्य तत्व व्यवस्थापन पद्धति अवलम्बन गर्नेमा ध्यान दिनुपर्ने माटो विज्ञहरुले सुझाव दिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खोटाङका प्रमुख श्रीधर खनालले यही अवस्था रहे आगामी तीन सय वर्षसम्ममा विश्वको माटोमा मरुमूभीकरणको खतरा रहेको जानकारी दिए । प्रमुख खनालले प्रांगारिक श्रोत, बाली व्यवस्थापन, रासायनिक मल व्यवस्थापनलगायतमा ध्यान दिनसके माटोको व्यवस्थापन गर्न सकिने उल्लेख गरे । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले ‘माटोको परिचय र माटोको महत्व’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, कृषिविज्ञ मदन राईले ‘मानव जातीको जननी बिरुवा र बिरुवाको जननी माटो’ भएको चर्चा गरेका थिए ।

खोटाङमा दिक्तेल कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभद्रा मदन फाउण्डेसनको संयुक्त आयोजनामा विश्व माटो दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले माटोको विषयमा चर्चा–परिचर्चा गरेका थिए ।

विद्यार्थीको ‘मुर्ती नाटक’ प्रदर्शन

कार्यक्रममा शुभद्रा मदन फाउण्डेसनका विद्यार्थीले नाटक प्रदर्शन गरेका छन् । फाउण्डेसनका विद्यार्थीले ‘मुर्ती नाटक’ प्रदर्शन गरेका छन् । मानवीय क्रियाकलापले माटोमा पर्ने अशरलाई नाटकमा चित्रण गरिएको थियो ।

कार्यक्रममा सभापति, प्रमुख अतिथि एवं अन्य अतिथिलाई आसनग्रहण गराउने परिपार्टी विपरित सबैलाई अतिथि भनेर आसनग्रहण गराइएको थियो । आयोजकले आसनग्रहणमा समय खर्च गरेनन् । सहभागीलाई टपरीमा किवी, सुन्तला, उसिनेको इस्कुस र जराको खाजा बाँडिएको थियो ।

 

वि.सं.२०७९ मंसिर १९ सोमवार २०:३३ मा प्रकाशित

You can share this post!

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...