back
NMB ad

लागूऔषध मुद्दाका फरार अभियुक्त चार वर्षपछि पक्राउ

Kumari bank ad

बुटवल । लागूऔषध मुद्दामा एक वर्ष कैद फैसला भइफरार अभियुक्त चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० का पुन्ने प्रसाद चौधरी रहेका छन् ।

२०७५ जेठ २६ गते राति करिव सवा ८ बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगिकुटीस्थित प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा उनी लागूऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनलाई भारत सुनौली बजार गई १२ सय रुपैयाँको १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउन सुगर किनेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो ।

त्यसपछि लागूऔषध मुद्दा दर्ता गरिएकोमा अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले १० हजार धरौटी माग भएकोमा धरौट जम्मा गरेपश्चात उनी रिहा भएका थिए । त्यसपछि जिल्ला अदालत रुपन्देहीको २०७५ मंसिर २६ गतेको फैसलाले एक वर्ष कैद फैसला भएकोमा फैसला पश्चात् उनी फरार थिए ।

फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीले खोजतलास गर्दा पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७९ मंसिर १९ सोमवार २०:३९ मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...