काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्मकै उच्च बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
वि.सं.२०७९ मंसिर २० मंगलवार ११:३३ मा प्रकाशित