back
NMB ad

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

Kumari bank ad

मोहम्मद हबिब, भैरहवा ।  ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव मंगलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न १९ वर्षअघिदेखि प्रतियोगिता आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरेकी छन् । उद्घाटनपूर्व खेलकुद र्‍याली भैरहवाको बुद्धचोकबाट निस्केको थियो । र्‍यालीमा छात्रछात्रा, शिक्षक, प्रशिक्षक तथा शुभेच्छुकहरुको सहभागिता थियो ।

निजी विद्यालयहरूबीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि सम्बन्ध जोड्न प्रतियोगिताले भूमिका खेल्दै आएको छ । शिक्षाका साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रम गर्दै आएको अध्यक्ष उदयकुमार मल्लिकले बताए ।

प्रतियोगिताको मुख्य उद्देश्य छात्र तथा छात्रालाई शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको सिर्जना गर्नु रहेको खेलकुद महोत्सवका संयोजक मनोजकुमार यादवले बताए । समूहमा आबद्ध १८ विद्यालयका एक हजार ४ विद्याथीहरूबीच हुने खेल महोत्सव तीन तहमा विभाजन गरी प्रतियोगिता गराइने उनकाे भनाइ छ ।

कक्षा १ देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरी दुई विधामा प्रतियोगिता गराइने संयोजक यादवले बताए । प्रतियोगिता कोभिडका कारण दुई वर्ष स्थागित भएकाे थियाे । २० देखि २३ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा सय मिटरदेखि आठ सय मिटरसम्मका दौड, सय गुणे चार रिले दौड, स्किपिङ दौड, बोरा दौड, तीन खुट्टे दौड, लङजम्प, सटपुट र भलिबल खेलहरू हुने आयोजकले जानकारी दिएकाे छ ।

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...