काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य समायोजन गरेको छ ।
बैंकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २४२ रूपैयाँ १२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २५१ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५९ मा प्रकाशित