back
NMB ad

थप दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । उक्त दिन एनएमबी बैंक, आरएमडिसी लघुवित्त र सानाकिसान लघुवित्तीय संस्थाले लाभांश घोषणा गरेको हुन् ।

एनएमबि बैंक

एनएमबि बैंकको मंसिर १९ गते सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनएमबिको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

आरएमडिसी लघुवित्त

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

साना किसान लघुवित्त

साना किसान लघुवित्त वित्तीय संस्थाको मंसिर १९ गते सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...