back
NMB ad

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

Kumari bank ad

एजेन्सी, न्युयोर्क । मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ ।

अष्ट्रेलियामा पारित भएको यस्तै कानुनले गत वर्ष छोटो समयका लागि फेसबुकमा समाचार पोस्ट गर्न अस्थायी रुपमा निलम्बन निम्त्याएको थियो ।

तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ ।

‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ ।

पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन (जीसीपीए) भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ ।

यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ ।

वि.सं.२०७९ मंसिर २१ बुधवार ०८:२७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...