काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले घटेको छ । उक्त दिन सबैभन्दा बढी सानिमा बैंको प्रमोटर सेयरको कारोबार भएको छ । आज कम्पनीको ६७ करोड २ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् समिेन्टको १३ करोड ८५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नबील बैंकको ४ करोड ५२ लाख ८७ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७९ लाख ४२ हजार रुपैयाँ र रिडी पावर कम्पनीको ३ करोड ३२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८ मा प्रकाशित