काठमाडौं । सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको मंसिर २६ गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको हो ।
बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । यस अघि लक्ष्मी बैंकले पनि लाभांश नदिने निर्णय गरेको थियो ।
वि.सं.२०७९ मंसिर २६ सोमवार १०:०३ मा प्रकाशित