back
NMB ad

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०७९ पौष ५ गते देखी ७ गते सम्म) “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाडौं स्थित होटल सोल्टी मा सम्पन्न गरेको छ ।

आ.व. २०७८/२०७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढि अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक श्री सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्वन्धि तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो साथै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी गराईएको थियो ।

कम्पनीका अध्यक्ष  प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट हुनु भएको सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सवोत्कृष्ठ घाषित हुनु भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गर्नु भएको थियो । समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउनु हुँदै कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता प्रकट गर्नु भयो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले स्वागत भाषण का क्रममा कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो भने नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १५:२९ मा प्रकाशित

You can share this post!

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ९ आइतवार १७:३८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

वि.सं.२०८१ असार ९ आइतवार १७:३२

काठमाडौँ, ९ असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

वि.सं.२०८१ असार ९ आइतवार १७:२८

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...