back
NMB ad

हालसम्म २१ बाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनले कति दिए ?

Kumari bank ad

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म २१ वटा वाणिज्य बैंकहरुले सेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेका छन् ।

वाणिज्य बैंकहरु मध्ये कृषि विकास बैंकले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेको छ । एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, सनराइज बैंक र माछापुच्छ्रे बैंकले यस पटक लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेका छैनन् । सूचीकृत कम्पनीले पुस मसान्तसम्म साधारण सभा सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

कतिपयले भने यसअघि नै सभा सम्पन्न गरेर लाभांश प्रस्ताव पारित समेत गरिसकेका छन् ।
गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा गर्ने नबिल बैंक रहेको छ । यसले १८.५० प्रतिशत बोनस र ११.५० प्रतिशत नगद गरी जम्मा ३० प्रतिशत प्रस्ताव लाभांश प्रस्ताव गरेको छ ।

बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ नगद लाभांश गरी कुल २०.९५ प्रतिशत, एभरेष्ट बैंकले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत, हिमालयन बैंकले ८ प्रतिशत बोनस र ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत, स्टान्डर्ड चाटर्डले १६.५१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत, सिद्धार्थ बैंकले १२.५० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत, कुमारी बैंकले १२.५० नगद लाभांश, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत बोनस र ७.५० प्रतिशत नगद लाभांश गरी कुल १२.५० प्रतिशत, नेपाल बैंकले २ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश कुल ११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस र ०.९८ प्रतिशत १०.९८ प्रतिशत, नेपाल एसबीआई बैकले ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत, सिटिजन बैंकले ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत, एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश, प्रभु बैंकले ६.५० प्रतिशत बोनस र १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत, मेगा बैंकले ४ प्रतिशत बोनस र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत, सिभिल बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत र सेञ्चुरी कमर्सियल बैंकले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १८:५३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...