back
NMB ad

नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

Kumari bank ad

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशकमा नारद कुमार लुईंटेल नियुक्त भएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयमा मिति २०७९ पुष ८ गते भएको मन्त्री स्तरीय निर्णयबाट लुईंटेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो । लुईंटेलले आजै पद वहाल गरिसकेका छन् । मन्त्रालयले लामो समयपछि कर्मचारी बाहिरबाट नाथमको नेतृत्वमा पठाएको हो ।

नाथम त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ती उत्पादन गर्ने सरकारी प्रतिष्ठान हो । नाथमले सात वटा प्रदेशमा शाखा स्थापना गरी होटल तथा पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ती उत्पादन गर्ने र सरकारको पर्यटन सम्बन्धी नीति निर्माण र अनुसन्धानको काम गर्दै आएको छ । होटल व्यवस्थापन तथा पर्यटन अध्ययन गर्ने विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने र विभिन्न तालिम मार्फत स्वरोजगार जनशक्ती उत्पादन गर्ने काम नाथमले गर्दै आएको छ ।

लुईंटलेले आफ्नो कार्यकालमा पर्यटनसंग सम्बन्धित नीति तथा योजना निर्माण र व्यवस्थापकिय काममा गर्व गर्न लायकको बनाउने सोच रहेको बताए । लुईंटेल यसअघि तारा गाउँ विकास समितिको सदस्य सचिव भएर काम गरिसकेका अनुभवी व्यक्ति हुन ।

वि.सं.२०७९ पुस ८ शुक्रवार १९:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...