back
NMB ad

छुट्ला है, यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुस १२ गते अन्तिम दिन रहेको छ । सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर, राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसले पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश पारित गर्न बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ९ प्रतिशत नगद लाभांश गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्दैछ । बैंकले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बिन्ध्यबासिनी हाइड्रोपावर
बिन्ध्यबासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको कार्यालय, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे सुरु हुनेछ ।

राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले पुस २८ गते साधारण सभा डाकेको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ ।

वि.सं.२०७९ पुस १२ मंगलवार ०८:१६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...