back
NMB ad

कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबारको मिति तय, यस्तो हुनेछ सांगठनिक संरचना

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्न अन्तिम स्वीकृति दिएको छ । पुस १७ गते देखि एकिकृत कारोबार हुने बैंकले जनाएको छ ।

मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १:१ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।

यी दुबै बैंक एक आपसमा गाभिएपश्चात् कुमारी बैंकको नामबाट बैंकिङ् कारोबार हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रमेशराज अर्याल हुनेछन् कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् ।

मर्जर पश्चात बैंकको केन्द्रिय कार्यालय हाल कुमारी बैंकको रजिष्टार(केन्द्रीय) कार्यालय रहेको स्थान काठमाडौं महानगरपालिका वडा नं २ टंगालमा रजिष्टार कार्यालय रहने बैंकले जनाएको छ ।

एक आपसमा गाभिएसँगै बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।

पुस १७ गते देखि एकीकृत कारोबार गरिने हुँदा डाटा माइग्रेसन प्रयोजनको लागि पुस १५ र १६ गते दुवै बैंकबाट दिने सेवा सुविधा बन्द हुने पनि जनाएको छ ।


वि.सं.२०७९ पुस १२ मंगलवार १२:४२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...