back
NMB ad

राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश स्तरीय १९ औं साधारणसभा सम्पन्न

Kumari bank ad

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा गण्डकी प्रदेश अन्र्तगत एकाइ (चार)गत साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

सहकारी बैंकको निर्णय अनुसार देशका सात वटै प्रदेशमा एकसाथ भौतिक र भर्चुअल दुबै माध्यमबाट साधारणसभा गर्ने निर्णय अनुसार शनिबार पदेश गतरुपमा गण्डकी प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भर्चुअल माध्यमबाट राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सबै प्रदेशलाई समेट्ने बैंकको वित्तिय अवस्था, आर्थिक प्रतिवेदन र आगमी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत प्रतिवेदन सहकारी संघ र संस्थाका प्रतिनिधिहरुले छलफल गरी सर्वसम्मतीले पारित गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा सदस्यहरुले मौखिक तथा लिखित सुझाव राखेका थिए । उनिहरुले सहकारी बैंकको शाखा विस्तार गर्न र साधारणसभालाई अझै व्यवस्थित गर्न सुझाव व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सदस्य सेवा महाशाखाका प्रमुख राम बाबु आचार्यको सञ्चालनमा सम्पन्न भएको छ । साधारणसभा पछि राष्ट्रिय सहकारी बैंकको नयाँ सञ्चालक समितिको सर्वसम्मती हुन नसकेको पदका लागि दिउँसो ११ ः३० बजेदेखि मतदान थालिएको निर्वाचन अधिकृत गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार रमेश घर्तीले जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकको अध्यक्ष, सञ्चालक सहित लेखा तथा सुपरिवेक्षण समितिको १८ पद मध्ये ११ पदमा यस अघिनै निर्वाचनको प्रकृयामा सर्वम्मती भइसकेको छ भने बाँकी ७ पदका लागि निर्वाचन सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका सहकारी संघ र संस्थाका मतदाता रहेकोमा ५५७ मत मत खसेको निर्वाचन अधिकृत रमेश घर्तीले जानकारी दिनुभयो ।

वि.सं.२०७९ पुस १६ शनिवार १९:३७ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...