back

चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’

चितवन । चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने भएको छ । लक्की मिडिया हाउसले चलचित्र ‘तिम्रो मेरो साथ’को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन र प्रचार प्रसारको लागि कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते साँझ ६ बजे चितवनमा प्रिमियर शो गर्न लागिएको हो ।

चलचित्रको प्रिमियर शोको दिनमा चर्चित कलाकारहरुलाई सम्मान स्वरुप भरतपुर विमानस्थलमा स्वागत गर्दै सिने जगतको प्रवर्द्धनका लागि कलाकारहरुको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताए ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलवा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ को अभिनय रहेकोछ ।

वि.सं.२०७९ पुस १९ मंगलवार १२:४९ मा प्रकाशित

You can share this post!

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर...

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:३४

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन भएको...

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

वि.सं.२०७९ माघ २२ आइतवार ०९:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४२

काठमाडौं ।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य...

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

विश्वासको मतका लागि वातावरण बनाउन दोश्रो पटक काठमाडौंमा सुदूरपश्चिमका मुख्यमन्त्री

वि.सं.२०७९ माघ २१ शनिवार १८:१३

धनगढी ।  सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शपथ लिएको तीन हप्ता बितिसके...