काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशन अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आईपिओ बिक्रि खुला गर्ने बाटो खुलेको छ । कम्पनीले आफ्नो जारी पूँजी रु. १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ।
वि.सं.२०७९ पुस १९ मंगलवार १७:०८ मा प्रकाशित