काठमाडौं । साताको चौथो कारोबार दिन नबील बैंक र एनआइसी एशिया बैंकको सेयर मूल्यमा बढोत्तरी आएको छ ।
यी दुवै बैंकहरुको सेयर मूल्यमा सामान्य बढावट आएको हो ।
उक्त दिन नबील बैंकको सेयर मूल्य ०.१२ प्रतिशत अर्थात प्रतिकित्ता ९० रुपैयाँले बढेको हो । योसंगै बैंकको सेयर मूल्य ७३६ रुपैंया ९० पैसा कायम भएको छ ।
आज बैंकको ६ करोड ६२ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ८९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको हो ।
यस्तै, आज एनआइसी एशिया बैंकको सेयर मूल्यमा सेयर मूल्य २.१० प्रतिशत अर्थात प्रतिकित्ता १६ रुपैया १० पैसा ले बढेर ७८४ रुपैयाँ कायम भएको छ ।
आज कम्पनीको ७ करोड ७९ लाख ४२ हजार रुपैयाँ बराबरको १ लाख ४९९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ पुस २० बुधवार १५:४७ मा प्रकाशित