
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालयका लागि घर बहालमा लिने भएको छ । बैंकले शाखा कार्यालयहरु स्थापनाका गर्नका लागि घर भाडामा खाजेको हो ।
बैंकले काठमाडौंको सुकेधारा, ललितपुरको मंगलबजार, भरतपुर महानगरपालिकाको भरतपुर, काभ्रेको पाँचखाल र नुवाकोटको विदुरमा घर भाडामा खोजेको हो ।
यी स्थानमा घर बहालमा दिन इच्छुक घरधनीहरुले आजैका मितिदेखि १५ दिन भित्र आवश्यक विवरणहरु स्पष्ट खुलाई प्रस्तावित बहाल क्षेत्र तथा करसहितको मासिक बहाल रकम समेत उल्लेख गरि प्रस्ताव पेश गर्नु पर्नेछ ।
प्रस्तावसंग भाडा दिने भवन रहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्सा, निर्माण सम्पन्न भएको प्रमाणपत्र, भाडामा दिन चाहेको क्षेत्रफल र फोटो लगायतका आवश्यक कागजात पेश गर्नुपर्ने छ ।
वि.सं.२०७९ पुस २२ शुक्रवार ११:२२ मा प्रकाशित