back

अमेरिकाबाट शंकास्पद धन भित्र्याएको अभियोगमा शाह पक्राउ

काठमाडौं ।अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र ब्यांकले छानबिन गरिरहेका पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

अमेरिकी नागरिक र ब्यांकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

शाहसँगै अन्य पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शाहले अमेरिकी नागरिक जुलिया होडेज रिकेटको अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ र नेपाली तीन करोड २२ लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ ।

पृथ्वीबहादुर शाह जनार्दन शर्मा अर्थमन्त्री हुँदा ४० करोडभन्दा बढी स्रोत नखुलेको रकम विदेशबाट नेपाल भित्र्याउन लागिपरेका थिए । शर्माले राष्ट्र बैंकलाई पत्र लेखेर यसमा सहजीकरण गरिदिन पनि भनेका थिए ।

अहिले ठगी आरोपमा पक्राउ गरे पनि शंकास्पद रुपमा भित्रिएको धनबारे पनि अनुसन्धान गरिने एआईजी सुवेदीले बताए ।

वि.सं.२०७९ पुस २२ शुक्रवार १९:१४ मा प्रकाशित

You can share this post!

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १०:३६

काठमाडौं । समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ ।...

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर...

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

आजदेखि विपिडब्लु लघुवित्तको आईपिओमा आवेदन दिन सकिने, कहिलेसम्म दिने ?

वि.सं.२०७९ माघ २२ आइतवार ०९:३४

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन भएको...

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

वि.सं.२०७९ माघ २२ आइतवार ०९:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको...

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? ५ हजार कित्तासम्म भर्न पाईने आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५३

काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४२

काठमाडौं ।  हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य...