काठमाडौं । प्रभु बैक लिमिटेडको बैंकिङ सेवा ५ दिन सम्मका लागि बन्द रहने भएको छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज भई एकीकृत कारोबार हुने भएसँगै बैंकिङ कारोबार बन्द रहने भएको हो ।
प्रभु बैंक लिमिटेडले शुक्रबार एक सुचना प्रकाशित गर्दै एकिकुत कारोबार पुस २६ गते मंगलवार तय भएको जनाएको हो ।
बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि पाँच दिन अर्थात पुस २२ साँझ १० बजे पछि २३,२४,२५ गते र २६ गते विहान १० बजेसम्म बैंकले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जानकारी दिएको छ ।
राष्ट्र बैंकले पुस १७ गते आइतबार दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको हो ।
वि.सं.२०७९ पुस २३ शनिवार ०८:४५ मा प्रकाशित