back
NMB ad

भैरहवा सीमामा बढ्न थाल्यो सशस्त्रको सक्रियता, यस्तो छ कारण

Kumari bank ad

मोहम्मद हबिब, भैरहवा । भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेकाे छ । मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो ।

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हाे । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरको नेतृत्वमा समग्र रुपन्देहीकाे  सीमा सुरक्षा व्यवस्था भइरहेकाे छ ।

सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाँउठाँउमा चेकजाँच बढाइएकाे छ । सरकारलाई राजश्वको दबाब पनि परेको छ, सशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ की भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजश्व वृद्धिका लागि दुई सातादेखि लागेको उनले बताए ।

एसपी श्रेष्ठका अनुसार नियमितका साथसाथै सरप्राइज चेकिङ पनि भइरहेकाे । जहाँबाट नतिजा राम्रो पाएकाे र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सशस्त्र प्रहरी लागेको छ । उनले भने, ‘सीमा क्षेत्रमा लाग्दै आएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउदै आएका छौँ, कोभिडको नयाँ भेरियन्ट पनि देखिएकोले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौँ ।’

एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेटाउन सकेको छैन । कार्यालयको तथ्याङ\क अनुसार मंसिर ०७८ सम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ । नयाँ वर्षको सुरुवातसँगै घट्दो क्रममा रहेको भन्सार राजश्व संकलन बढेकाे छैन । आर्थिक वर्ष २०७९/८०को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कार्तिकमा ४० र मंसिरमा ३९ प्रतिशतमा सिमित रह्यो ।

५ पुस ०७८ देखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकेको छैन ।

नीतिमा फेरबदलले भन्सार आयात घटेसँगै राजश्वमा कमी हुनुका साथै तस्करहरू पनि मौलाएका थिए । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र भन्सार कार्यालयको गस्ती टोलीले अवैध तरिकाबाट नेपाल भित्रिएका सामानहरू पनि नियमित रुपमा भन्सार हुँदै आइरहेको पाएपछि पछिल्लो समय सुरक्षा निकायको ध्यानाकर्षण सीमामा रहेको छ ।

सरकारले विभिन्न शीर्षकका वस्तुहरूको आयात गर्दा अनिवार्य रुपमा प्रतितपत्र (एलसी.)को व्यवस्था गरेसँगै एलसी प्रक्रियामा जान साना व्यवसायीले झन्झटिलो मानेर संगठित रुपमा तस्करी हुने गरेको भन्सार स्रोतले जानकारी दिएको छ । सुरक्षा निकाय र भन्सारको गस्ती टोलीले बरामद गर्ने अधिकांस अवैध वस्तु तिनै साना व्यवसायीको हुने गरेको छ ।

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको पनि प्रमुख जिम्मेवारीे अवैध वस्तुको ओसारपसर नियन्त्रणमा हाे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा  ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

यता स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने बेलहिया सीमामादेखि केही दुरीमै रहेको डण्डा बिओपीको चेकिङ प्वाइन्टसमेत सीमा क्षेत्रमा अधिकतम प्रयोग भएको छ । पर्यटक, सर्वसाधरणलाई चेकिङको नाममा धेरै सास्ती भएको भन्ने गुनासो आएकोले सोलाई मध्यनजर गर्दै सीमा विन्दुमै चेकजाँचमा कडाइ गरिएको हो ।

बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काकै कमाण्डमा सीमा चेकजाँच कडाइ गरिएको छ । सीमामै चेकिङ बढाए अवैध वस्तुहरू वैध तरिकाले भित्रिने र  राजश्व संकलनमा पनि वृद्धि हुने अपेक्षाका साथ चेकजाँच सीमा केन्द्रित गरेकाे सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षमा मात्रै दुई करोडचभन्दा बढीको किराना, विधुतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपाय लगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका अनुसार चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका चोरी तस्करीका सामान नियनत्रणमा लिएको छ । सशस्त्र प्रहरीको पछिल्लो समयको सक्रियताले पनि पुसमा मात्रै ६५ लाखभन्दा बढीको अवैध सामान नियनत्रणमा लिई भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक प्रेम प्रकाश पोखरेलले जानकारी दिए ।

वि.सं.२०७९ पुस २३ शनिवार १३:१४ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...