back
NMB ad

चौथों एपिक नेपाल म्युजिक अवार्ड माघ ७ गते भक्तपुरमा, केपी शर्मा ओली प्रमुख अतिथि

Kumari bank ad

काठमाडौं । ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ माघ ७ गते शनिबार मध्यपुर थिमी नगरपालीका दुइ पोखरी भक्तपुरमा हुने भएको छ। भक्तपुर जिल्ला आफैमा कला र संस्कृतिले भरिपुर्ण भएको एतिहासिक शहर हो।

कला र संस्कृतिले मात्र हामी हाम्रो राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्न सक्छौ। हाम्रो मौलिक भेष भुषा कला संस्कृतिको माध्यमले देशलाई समृद्ध बनाउन सकिन्छ र त्यसको साथै कला संस्कृति र गित संगीतको समिश्रणले अझ हाम्रो पहिचानलाई गर्विलो बनाउन सकिन्छ भन्ने उदेश्यले गरिदैं आएको एपिक नेपाल म्युजिक अवार्डलाइ सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ ले सहकार्य गरेको छ ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहितको यस अवार्ड कार्यक्रम सांगीतिक क्षेत्रमा महाउत्सबको रुममा हेरिन थालिएको छ ।

कार्यक्रमको तयारि हेर्दा सम्भबत नेपालको नै पहिलो फरक र भब्य म्यूजिक अवार्डको रुपमा लिन सकिने बिज्ञहरु बताउछन। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सम्माननिय केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्डमा नेपालका प्रतिष्ठित कलाकार, पत्रकार, समाजसेवी देखि राजनैतिक नेताहरुको समेत उपस्थिति रहने आयोजक संस्थाकि महासचिब बबिता श्रेष्ठ बताउछिन।

अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद रु.१ लाख १ हजार १ सय ११ रुपैंया सहित महानायक सम्मान प्रदान गरिनेछ । कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ भने कार्यक्रम संचालन आवाजको दुनियाको साथि दिनेश डिसिले गर्ने भएका छन्।

वि.सं.२०७९ पुस २३ शनिवार १३:३८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...