back

बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ ।

आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै उनले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।

उनले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिन सक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’, उनले भने ।

नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।

निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताए । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उनले बताए ।

बुटवल १३ का अध्यक्ष नारायण पुनले स्वास्थ्य केन्द्र निर्माणले तिनाउ नदी पश्चिमको भेगमा सहज सुविधा उपलब्ध हुने बताए । उनले अस्पतालको विस्तार तथा क्षमता वृद्धिका लागि पनि आवश्यक जग्गा व्यवस्थापन गरेको बताए ।

वि.सं.२०७९ पुस २४ आइतवार २०:३० मा प्रकाशित

You can share this post!

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:५८

काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च...

आजको मौसम: कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने

आजको मौसम: कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने

वि.सं.२०७९ माघ १९ बिहीवार ०८:५५

काठमाडौं । देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया...

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

वि.सं.२०७९ माघ १८ बुधवार १६:१३

काठमाडौं  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ...

धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु

धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु

वि.सं.२०७९ माघ १५ आइतवार ०८:०४

लमजुङ । राइनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर...

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

वि.सं.२०७९ माघ १२ बिहीवार ११:३१

एजेन्सी, न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति...

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह...