back

पशु बिमा कार्यक्रम अलपत्र

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एक आर्थिक वर्षपछि नै पशु बिमा कार्यक्रम अलपत्र परेको छ । पशु पालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षीत गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५र०७६ मा पशु बिमा कार्यक्रम सुरु गरेको थियो ।

सुरुका वर्ष १७ वटा बाख्रा र ६ वटा बंगुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६र०७७ बाट पशु बिमा नविकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।

वर्ष दिनको अवधिमा किसानले दुई वटा बाख्राको बिमा वापतको रकम पाएका थिए । कतिपय किसानले पशु बिमा दावी गर्न आउँदा बिमा नविकरण नगरेको पाइएपछि रित्तो फर्काइएको थियो ।

नेपाल सरकारको केन्द्रिय कार्यक्रम अनुशार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ता अभावमा वीमा नविकरण गर्न नसकेको जनाइएको छ । बिमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु विमा गर्न सहयोग गरेका थिए । पशु  बिमालाई पुनस् निरन्तरता दिनका लागि पहल भइरहेको पशु सेवा शाखाका प्रमुख राजभण्डारीले बताए ।

ग्रामिण क्षेत्रका किसानको मूख्य सम्पतीको रुपमा रहेको गाई, भैंसी, बंगुुर मर्दा हुने आर्थिक क्षतीबाट जोगाउनका लागि गाउँपालिकामा पशु वीमा कार्यक्रम लागू गरिएको थियो । बिमा गरेको एक वर्षभित्र पशु मरे वा क्षती पुगेमा किसानलाई बिमांक रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी गाउँपालिकामा पशु बीमा सुरु गरिएको थियो ।

वि.सं.२०७९ पुस ३० शनिवार २०:४३ मा प्रकाशित

You can share this post!

धनुषा र सिरहा जिल्लामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा र सिरहा जिल्लामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७९ माघ २० शुक्रवार १२:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा...

मर्जर प्रस्ताव पारित गर्न यी इन्स्योरेन्सले बोलायो साधारण सभा

मर्जर प्रस्ताव पारित गर्न यी इन्स्योरेन्सले बोलायो साधारण सभा

वि.सं.२०७९ माघ २० शुक्रवार ११:१८

काठमाडौं । मर्जर प्रक्रियामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ...

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:५८

काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च...

बालविवाह राेक्न बिमा कार्यक्रम लागु

बालविवाह राेक्न बिमा कार्यक्रम लागु

वि.सं.२०७९ माघ १९ बिहीवार १५:५५

मोहम्मद हबिब, भैरहवा। विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने...

दश बीमा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी, कुन-कुन परे ?

दश बीमा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी, कुन-कुन परे ?

वि.सं.२०७९ माघ १९ बिहीवार १४:४१

काठमाडौं । समयमा नै विवरण उपलब्ध नगराएको भन्दै नेपाल बीमा...

न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिन गाउँपालिकालाई आग्रह

न्यून आय भएका बर्ग पहिचान गरी नमूनाका रूपमा बीमा गरिदिन गाउँपालिकालाई आग्रह

वि.सं.२०७९ माघ १९ बिहीवार १३:४४

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यून...