back
NMB ad

थप ४ कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । त्यसैबीच आज माघ २ गते सोमबार ३ लघुवित्त सहित चार कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् । उक्त दिन नयाँ सारथी लघुवित्त, इन्फिनिटी लघुवित्त, सपोर्ट लघुवित्त र युनाईटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेका छन् ।

नयाँ सारथी लघुवित्त
नयाँ सारथी लघुवित्तको पुस २९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

इन्फिनिटी लघुवित्त
इन्फिनिटी लघुवित्तको पुस ३० गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कम्पनीले कर प्रयोजनको लागि रकम छुट्याएको छैन ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्तको पुस २९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।कम्पनीले आर्थिक वर्ष ० ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ८ करोड ५८ लाखको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५७८९ प्रतिशत नगद लाभांश गरि जम्मा ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

युनाईटेड मोदी हाइड्रोपावर
युनाईटेड मोदी हाइड्रोपावरको पुस २९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बितरण गर्ने हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अब उक्त लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा बितरण हुने छ ।

वि.सं.२०७९ माघ २ सोमवार १८:३१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...