back
NMB ad

आयल निगमद्वारा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि सार्वजनिक (विज्ञप्ति सहित)

Kumari bank ad

काठमाडौं । ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएता पनि हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको नेपाल आयल निगमले जनाएको छ ।

आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भएतापनि निगमलाई हाल एल.पी. ग्यासमा प्रति सिलिण्डर रु ३५९.५० घाटा रहेको जनाएको छ ।

निगमले नेपाल सरकारसँग ५ प्रतिशत वार्षिक ब्याजदरमा रु ७ अर्ब ऋण लिएकोमा उक्त ऋणको तिर्नुपर्ने प्रथम किस्ता वापत रू. ७० करोड र पौष मसान्तसम्मको व्याज रकम रू. १८ करोड गरी जम्मा रू. ८८ करोड निगमले गरेको बचतबाट २०७९ पौष मसान्तमा नेपाल सरकारलाई भुक्तानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हालसम्म भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिव रु १७ अर्ब ३० करोड तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

हेर्नुहोस विज्ञप्ति

वि.सं.२०७९ माघ ३ मंगलवार २२:०९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...