
काठमाडौं । आज नेप्सेमा गिरावट आएको छ । बुधबार बजार ९.०१ अंकले घटेको हो ।
उक्त दिन नेप्से परिसुचक २१७३.१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा कारोबार रकम बढेको छ । उक्त दिन ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये ३ वटा उपसूचकमा हरियो देखिएको छ भने अन्यमा राताम्मै भएको छ ।
आज नेप्सेमा सूचिकृत २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ माघ ४ बुधवार १५:०५ मा प्रकाशित