काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज मेगा बैंक, रुरु जलविद्यूत कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सको सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो ।
मेगा बैंकको ४ प्रतिशत दरका कुल ६४ लाख ४८ हजार १८४ कित्ता, रुरु जलविद्युतको १० प्रतिशत दरका कुल ४ लाख ४८ हजार ४७६ कित्ता र गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता गरी कुल ८४ लाख ४७ हजार ८६० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।
वि.सं.२०७९ माघ ४ बुधवार १५:२९ मा प्रकाशित