काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल ग्रोथ फण्ड” योजनाको बाँडफाँड भएको छ । १० रुपैंया अङ्कित दरको १६ करोड इकाईहरु पुस ७ गतेदेखि २१ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाई बाँडफाँड आज माघ ३ गते सम्पन्न भएको छ ।
एनआईबिएल ग्रोथ फण्डको प्रति इकाई अंकित मूल्य रु १० रुपैंया दरको १६ करोड इकाईहरु मध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात ३ तीन करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाईको पुस ०७ गते बिहिबार देखि पुस २१ गते बिहिबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत ९,९३,६७,९००/-इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा रु १,३१,३६,७९,०००/- हुने भएको र योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा रु ६३,२१,०००/- थप गरी रितपूर्वक आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिमे बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
रु ६३,२१,०००/-थप गरी योजनाको आकार रु १,३२,००,००,००० कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ । बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा एनआईबिएल एस क्यापिटल को वेवसाइट http://www.niblcapital.comतथा सिडिएसद्वारा सचांलित http://www.meroshare.cdsc.com.npबाट पनि हेर्न सकिने छ ।
वि.सं.२०७९ माघ ४ बुधवार १६:३० मा प्रकाशित