back
NMB ad

ललितपुर बारको निर्वाचनमा प्रगतिशिल, समाजवादी र लोकतान्त्रिकको संयुक्त प्यानल

Kumari bank ad

ललितपुर । ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्बाचनमा पेशागत तथा प्रगतिशिल कानुन ब्यवासी संघ (पिपिएलए), सामाजवादी कानुन ब्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् ।

बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूह नाम दिइएको प्यानलको अध्यक्षमा शशिकुमार कार्की, उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै महिला सदस्यहरुमा सावन्ता थापा र शिरिसा श्रेष्ठ, खुल्ला सदस्यहरुमा लीलानाथ घिमिरे, बिष्णुकुमार गिरी, सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

संयुक्त समावेशी प्यानलको प्रतिस्पर्धा गणतान्त्रिक प्रगतिशिल पेशागत कानुन समूहका राम श्रेष्ठको नेतृत्वको प्यानलसँग हुने छ । अहिलेको कार्यसमितिले दुई बर्षको कार्यकाल लम्ब्याउँदै निर्वाचन पर सार्दै आएको थियो । झण्डै तीन बर्षपछि नयाँ नेतृत्व चयन हुँदैछ ।

बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूहले बार एसोसिएसनलाई बिधानले तोकेको अबधि भित्र निर्वाचन गराएर पूर्ण लोकातान्त्रिक संस्कार स्थापित गराउने, बारलाई पारदर्शी बनाउने, नबोदित कानुन ब्यवसायीहरुको बृत्ति विकासको लागि आवश्यक र उपयुक्त कार्यक्रमहरु संचालन गर्ने, भ्रष्टाचार मुक्त सक्षम, स्वतन्त्र र जबाफदेही न्यायपालिका बनाउने प्रतिवद्धता ब्यक्त गरेको छ ।

वि.सं.२०७९ माघ ४ बुधवार १६:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...